२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं । बीमा समितिले चालु आर्थिक वर्षमा बीमाको दायरा बढाएर ५० प्रतिशत जनसंख्यामा पुर्‍याउने लक्ष्य राखेको छ। समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको लक्ष्य ५० प्रतिशत पुर्‍याउने लक्षय राखेको बताए। गत आर्थिक वर्ष २०७७/७८मा करिब ४१.२० प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ।

बीमाको दायरा बढाउन समितिले जनचेतनामूलक कार्यक्रमलाई देशब्यापी बनाउने उनले जानकारी दिए। उनका अनुसार जनचेतना कार्यक्रमको योजना बनिरहेको छ।

गत वर्ष बीमा समिति र बीमा कम्पनीहरुले देशभरका प्रदेश तथा स्थानीय तहमा अन्तक्रिया कार्यक्रम गरेको थियो। समितिले बीमाको दायरा बढाउन सात प्रदेशमा रहेका एकसय वटा नगरपालिकामा कार्यक्रम गरेको थियो।

आर्थिक वर्ष २०७८/ ७९मा बीमाको पहुँच म्यादी, लघु म्यादी र वैदेशिक रोजगारी जीवन बीमा लेखासहित करिब ४१.२० प्रतिशत पुगेको समितिले जनाएको छ। अघिल्लो वर्ष बीमा पहुँच २७.५२ प्रतिशत थियो।

गत आर्थिक वर्ष जीवन बीमा कम्पनीहरुले एक करोड ३० लाख ९९ हजार ६३ वटा बीमालेख बिक्री गरेका छन्। अघिल्लो वर्षको असार मसान्तसम्म जीवन बीमा कम्पनीले संख्या ८६ लाख १२ हजार ८ सय ५० बीमालेख जारी भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बीमालेख ५२.०९ प्रतिशत बढि हो ।

त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले गत वर्ष २७ लाख ८८ हजार १८ बीमालेख जारी गरेका छन्। अघिल्लो वर्ष सोही अवधिमा २७ लाख ३१ हजार ७ सय ७२ बीमालेख जारी भएको थियो। एक वर्षमा निर्जीवन बीमालेखको सङ्ख्या २ प्रतिशतले बढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर