२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं । वाणिज्य बैंकहरूको कुल कर्जामा निष्कृय कर्जाको अनुपात घटेको छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको कुल कर्जामा निष्कृय कर्जाको अनुपात सात वर्षयताकै कम देखिएको हो । नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको कुल कर्जामा निष्कृय कर्जाको अनुपात १.१५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूको यस्तो कर्जा अनुपात १.२५ प्रतिशत रहेको थियो । सन् २०२० मा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले कर्जा नवीकरणको गलत अभ्यासले जोखिम बढाइरहेको निष्कर्ष निकालेको थियो ।

विश्व बैंकको तथ्यांकअनुसार सात वर्षअघि मात्रै निष्क्रिय कर्जाको अनुपात १.७ प्रतिशत थियो । आइएमएफकै तथ्यलाई आधार लिने हो भने त्यसअघि यस्तो अनुपात २ प्रतिशतभन्दा बढी नै देखिन्छ ।

गत आर्थिक वर्षमा बैंकहरूको खुद नाफा ७४ अर्ब ८० करोड रुपैयाँ र वितरणयोग्य नाफा ५९ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। गत आर्थिक बर्षसम्म बैंकहरूको कुल कर्जा ४१ खर्ब ७५ अर्ब रहेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।

बैंकहरुको आर्थिक वर्ष २०७१।७२ मा कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात १.६८ प्रतिशत रहेको थियो त्यस्तै, आर्थिक वर्ष ०७२।७३ मा १.७० प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा १.५६ प्रतिशत, आर्थिक वर्ष २०७४।७५ मा १.६६ प्रतिशत र आर्थिक वर्ष २०७५। ७६ मा १.६८ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर