२०८३ बैशाख ५ शनिबार

काठमाडौँ । चौधौँ अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका अवसरमा नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव र भारतका पूर्वराष्ट्रपति डा एपिजे अब्दुल कलामका नाममा स्थापित अन्तर्राष्ट्रिय शैक्षिक अवार्डबाट शिक्षाकर्मीलाई सम्मान गरिएको छ ।

डा यादवका नाममा प्रेसिडेन्ट इन्टरनेशनल एजुकेसन अवार्ड र कलामका नाममा आउटस्ट्याण्डिङ इन्टरनेशनल एजुकेसन अवार्ड प्रदान गरिएकोे हो ।

नेपालसहित विभिन्न मुलुकका शिक्षाकर्मी, विज्ञ, प्रधानाध्यापक, शिक्षासेवी शिक्षा पत्रकारलाई सो सम्मान प्रदान गरिएको हो । भारतको हिमाक्षरा संस्था र नेपालको शिक्षालय राष्ट्रिय मासिकको संयुक्त आयोजनामा भएको सो समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आज ती अवार्ड प्रदान गरेकी हुन्।

मन्त्री भुसालले नेपालको शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय सिकाइको अभ्यास गर्न जरुरी रहेको बताईन् । उनले गुणस्तरीय शिक्षाका लागि नेपालमा भएका प्रयासलाई संस्थागत गर्दै सर्वसुलभ शिक्षामा सबैको पहुँच पु¥याउनुपर्नेमा जोड दिईन्।

राससकर्मी सिलवाल पुरस्कृत
सम्मेलनमा डा यादवका नाममा स्थापत प्रेसिडेन्ट इन्टरनेशनल अवार्डबाट शिक्षा पत्रकारद्वय प्रकाश सिलवाल (रासस) र प्रकृति अधिकारी (गोरखापत्र) लाई पुरस्कृत गरिएको थियो ।

शैक्षिक सम्मेलनमा नेपाल, भारत फ्रान्स, होल्याण्ड, साउदीअरब र कुवेतलगायतका १० देशका शिक्षाकर्मीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर