२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा निर्माणाधीन पाँचतारे होटल फरेस्ट इन चार महिनापछि व्यवसायिक संचालनमा आउने भएको छ। २६ रोपनी एक आना जग्गाको क्षेत्रफलमा निर्माण भइरहेको होटलको भौतिक संरचना २१ रोपनी ६ आनामा निर्माण भइरहेको छ। कुल ११५ कोठा रहने उक्त होटलमा १०३ वटा डिलक्स रुम, ६ वटा स्वीट रुम र बाँकी ६ वटा किङ साइज रुम निर्माण हुनेछ।

दुई अर्ब ५९ करोड ५० लाख रुपैयाँ अनुमानित लागतमा होटल निर्माण भइरहेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ। कम्पनीले अमेरिकी मध्यमस्तरीय होटल चेन इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी) सँग अन्तर्राष्ट्रिय होटल ब्राण्ड ‘होलिडे इन’ का लागि सम्झौता गरेको छ।

होलिडे इन होटल र रिसोर्ट ब्राण्डले अहिले दुई लाख १५ हजार ८४१ कोठासहितको ११९२ होटल संचालन गरिरहेको छ। मार्च २०२२ सम्म २५१ होटल पाइपलाइनमा रहेको बताइएको छ।

एक अर्ब ८६ करोड ८० लाख रुपैयाँ बैंकिङ कर्जा र ७२ करोड ७० लाख रुपैयाँ लगानीकर्ताहरुको इक्विटी उपयोग गरी होटल निर्माण भइरहेको छ। २०२२ अप्रिल ११ सम्म कम्पनीका लगानीकर्ताहरुले होटल निर्माणको कुल लागतको ५४ करोड ७० लाख रुपैयाँ लगानी गरिसकेका छन्। २०२२ को अप्रिलसम्म करिब ९० प्रतिशत निर्माण कार्य सकिएको बताइएको छ।

होटलमा आधुनिक सेवासुविधासहित स्वीमिङ पुल, एफएण्डबी सेवा, कन्फ्रेन्स र ब्यान्क्वेट हल, स्पा रहने रेटिङ विवरणमा उल्लेख छ। कम्पनीको अध्यक्ष दीपक खड्का हुन्।

खड्का मेन्छियाम हाइड्रोपावर लिमिटेड, होटल इस्टर्न नेपाल प्रालिको समेत अध्यक्ष हुन्। कम्पनीले एक अर्ब ४३ करोड रुपैयाँ दीर्घकालीन कर्जाका लागि केयर रेटिङ्स नेपालबाट एनपी डबल बी माइनस रेटिङ पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर