नेपाली युवा उद्यमी मञ्चले क्यानाडास्थित वेस्र्टन विश्वविद्यालयको आईभ बिजनेश स्कुलका विद्यार्थीद्धारा सञ्चालित ‘लिडर प्रोजेक्ट’ को सातौ पटक आयोजना सम्पन्न गरेको छ । सो दुई हप्ता लामो कार्यक्रम अप्रिल १ देखि अप्रिल ३०, २०२१ सम्म भएको थियो । कार्यक्रममा ३१ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रमको उद्धेश्यअनुरुप विजनेस ट्रेनिङमार्फत आर्थिक विकासमा सघाउनु हो । ‘लिडर प्रोजेक्ट’ मा संलग्न सबै निर्देशकहरु, विश्व प्रसिद्ध विजनेश स्कुल, आईभीको विशिष्ट प्रकारले केस स्टडिज पढाउने ट्रेनिङ पाएका र सो कार्यक्रममा प्रयोग गरिएका पाठ्यक्रम र्वल्ड क्लास रहेको जनाइएको छ । आईभी विजनेश स्कुलले अन्तर्राष्टिय स्तरमा नेपाललगायत अन्य सात वटा ठाउँमा आफ्ना विद्यार्थीहरु ‘लिडर प्रोजेक्ट’ मार्फत निर्देशकका रुपमा पठाउने गरेको कुरा कार्यक्रमका आयोजक समितिका सभापति सहारा जोशीले बताइन् ।
दुई हप्ताको ‘लिडर प्रोजेक्ट’ को अन्तिम चरणमा, कार्यक्रमका सहभागीहरुले आफ्नो विजनेश योजनाहरु, एक भव्य प्यानलको अगाडि प्रस्तुत गरे । सो प्यानलमा उद्योग विषेशज्ञ, उद्यमी र ‘लिडर प्रोजेक्ट’ का एल्मनि सदस्यहरुको संलग्नता थियो । प्यानलका जजहरुमा आईभी बिशिष्ट स्कट मीखालास्की र उद्यमीनिरज कर्माचार्य रहेका थिए । आयोजक नेपाल युवा उद्यमी मञ्च, नेपालका युवा उद्यमी संस्था हो । उद्यमशिलतामा सकारात्मक सोच ल्याउने उद्धेश्यसहित सदस्यतामा आधारित रहेको यो एउटा गैर नाफा अन्तर्गत पर्ने संस्था हो । नेपाली युवा माझ विभिन्न कार्यक्रम जस्तै आईडिया एक्सचेन्ज, फेलोसिप, ट्रेनिङ, एडभोकेसी आदिद्वारा उद्यमी र उद्यमशिलताको रचना गर्ने उद्धेश्य यस संस्थाको रहेको छ । यो मञ्चको स्थापना नेपाल उद्योग वाणिज्य संघबाट सेम्टेम्बर २६, २००३ मा भएको हो । नेपाल युवा उद्यमी मञ्चको मूल मान्यताहरु र कार्यक्रमको लक्षसँग मेल खाँदै, यो वर्षको ‘लिडर प्रोजेक्ट’ का प्रायोजक एनआइशी एशिया बैकं रहेको छ । नेपालको अर्थतन्त्रमा बिगत दुई दशकभन्दा बढी सेवा दिँदै आइरहेको ‘क’ वर्गको एनआइशी एशिया बैकं, नेपालका अग्रज तथा प्रगतिशिल बैंकमध्ये एक हो ।
ताजा समाचार
लोकप्रिय
Copyright © 2021 Business Bahas. All Rights Reserved.
Made with ❤️ By Gorkhaly Labs