२०८१ मंसिर २३ आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र मोरु डिजिटल वालेट बिच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मोरू वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशितोष साहबिच स्मार्ट क्यूआर सेवा संचालन सम्झौतामा हस्ताक्षर भएको होे ।

बिगत २० वर्षदेखि नेपाली मन र मुटुमा राज गर्दै कार्ड लगायत भुक्तानीका बिभिन्न सेवा दिदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज र विश्वसनीय र सरल भुक्तानी सेवा दिने अठोट बोकेको मोरू डिजिटल वालेट बिच भएको यो सहकार्यले मुलुकको डिजिटल भुक्तानीको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यस सम्झौतासंगै पाँच लाख मोरू वालेट प्रयोगकर्ताले एक लाख ६० हजार स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन भने मोरू वालेट मार्फत बिभिन्न ब्यापार-व्यबसाय मा संलग्न व्यबसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्नेछन् । उत्कृष्ट प्रविधिले बनेको फाइनान्सियल स्विच मार्फत कारोबारको भुक्तानी तथा फर्स्योट गर्ने भएकाले इ.एम.भि स्ट्यान्डर्डमा आधारित स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय