२०८१ मंसिर २२ शनिबार

काठमाडौ । तीनवटा नयाँ शहरको निर्माण कार्य आगामी आर्थिक वर्ष २०७९/८० बाट सुरु हुने भएको छ । उपत्यका विकास प्राधिकरणले ३ वटा शहरको निर्माण प्रक्रिया अगाडि बढाउने बताएको हो । नयाँ शहरको काम आगामी आर्थिक वर्षबाट सुरु गर्ने लक्ष्य लिएको प्राधिकरणका प्रवक्ता नारायण प्रसाद भण्डारीले बताएका छन ।

स्मार्ट सिटी बनाउने सम्वन्धमा ३ वटाको मात्रै विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) भौतिक विकास समितिबाट पास भएको छ । आगामी आर्थिक वर्षको लागि नयाँ शहर आयोजनाको विकास गर्ने २० करोड रुपैयाँ बजेट बिनियोजना गरिएकोछ ।

नयाँ शहरको समग्र आयोजनाको डीपीआर बनी सकेको र यसको लागि साना साना पूर्वाधारको पनि विकास गर्नुपर्ने प्राधिकरणको भनाई छ । काठमाडौं उपत्यकामा घोषणा गरिएको नयाँ शहर निर्माणका लागि रोक्का रहेको १ लाख रोपनीमध्ये ४४ रोपनी जग्गा फुकुवा गर्न तयारी समेत सुरु भैसकेको छ ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा बसेको भौतिक विकास समितिको १७ औं बैठकले काठमाडौं र भक्तपुरका ५ नगरपालिकाभित्र पर्ने ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरीसकेको छ ।

यी नयाँ शहर निर्माणका लागि निजी लगानी तथा बैंकको ऋणबाटै बनाउने तयारी गरिएको प्राधिकरणले जनाएको छ । उक्त शहरको कामको लागि वर्षेनी बजेट छुटिदै आएपनि बजेट अनुसार काम र उपलब्धी हासिल हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय