काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २७ वाणिज्य बैंकको नाफा ५८ अर्ब ३३ करोड ७९ लाख रुपैयाँ रहेको छ । सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमइ बैंक र एनआइसी एसिया बैंक रहेको छ । दुवैको नाफा चार अर्बभन्दा माथि रहेको छ । ग्लोबल आइएमइ बैंकले ४ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने एनआइसी एसियाले ४ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ ।
नबिल बैंक तेस्रोमा छ । नबिलले ३ अर्ब ८२ करोड रुपैयाँ नाफा गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ४६ करोड र प्राइम बैंकले ३ अर्ब १५ करोड नाफा गरेको छ । बाँकी बैंकको नाफा तीन अर्बभन्दा तल छ । सिभिल बैंकको नाफा १ अर्ब ५ करोड रहेको छ ।
मुक्तिनाथ विकास बैंकले तीन बाणिज्य बैंकलाई नै उछिनेको छ । यस वर्ष सबैभन्दा कम मुनाफा लक्ष्मी बैंकको छ । गएका वर्षमा कमजोर देखिएका सिभिल र सेञ्चुरी यस वर्ष केहि राम्रा देखिएका छन् ।
यो अवधिमा लक्ष्मीले ९२ करोड ८७ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको छ । राष्ट्र बैंकका यो १० महिनाको अवधिमा नेपाल बैंकले २ अर्ब ५६ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ ।
यस्तै राष्ट्रिय वाणिज्यले ३ अर्ब ४६ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ८४ करोड ४९ लाख, स्टयान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८२ करोड, हिमालयन बैंकले १ अर्ब ६७ करोड ८८ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
यस्तै नेपाल बंगलादेश बैंकले १० महिनाको अवधिमा १ अर्ब २४ करोड ८६ लाख, एभरेष्ट बैंकले १ अर्ब ९० करोड २० लाख, बैंक अफ काठमाण्डूले १ अर्ब ५ करोड २० लाख, एनसीसी बैंकले १ अर्ब ७३ करोड, माछापुच्छे« बैंकले यो १० महिनाको अवधिमा १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
१० महिनाको अवधिमा कुमारी बैंकले २ अर्ब ८ करोड ३८ लाख, सिद्दार्थ बैंकले २ अर्ब ४४ करोड, कृषि विकास बैंकले २ अर्ब २ करोड ८५ लाख, सिटिजन्स बैंकले १ अर्ब ७९ करोड ८४ लाख, प्राइम बैंकले ३ अर्ब १५ करोड ७१ लाख, सनराइज बैंक १ अर्ब ५० करोड २६ लाख, एनएमबीले २ अर्ब ९७ करोड ४१ लाख, प्रभु बैंकले १ अर्ब ४९ करोड, मेगा बैंकले २ अर्ब २८ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
राष्ट्र बैंकका अनुसार १० महिनाको अवधिमा सिभिल बैंकको अर्ब क्लबमा प्रवेश गरेको छ । यो अवधिमा बैंकले १ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सेञ्चुरी कमर्सियल बैंकले १ अर्ब १५ करोड र सानिमा बैंकले १ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।