काठमाडौँ । सोल्टी होटल र गरिमा विकास बैंकबीच होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्र अनुसार बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकहरुले काठमाडौंमा अवस्थित ‘द सोल्टी काठमाडौं’ र नेपालगंजमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एण्ड वेभरेजमा आकर्षक १०% छुट पाउने छन् ।
बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ सेवा दिंदै आईरहेको छ ।