२०८२ बैशाख ११ बिहीबार

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ मुद्दती योजना ‘महालक्ष्मी क्रमिक बचत खाता’ सार्वजनिक गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रूपमा मनाइरहेकाे बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो ।

१ हजार रुपैयाँमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी क्रमिक बचत खाता’ मा दैनिक मौज्दातमा १२ प्रतिशत ब्याज गणना गरी उक्त ब्याज त्रैमासिक रूपमा साँवामा गाभी एकमुष्ठरूपमा भुक्तानी गरिने बैंकले जनाएको छ । देशैभर छरिएर रहेका १ सय ३ शाखामार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकहरूले पाँच वर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्नेछन् । यस्तै, महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजनाअन्तर्गतको महालक्ष्मी क्रमिक बचत खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर