
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी डबल धमाका मद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुनणा रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।
सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम १० हजार रुपैयाँमा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकलाई मोबाइल बैंकिङ्ग, भिसा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ ।
साथै, यस खातामा साँवा रकमको ८० प्रतिशतसम्म ऋणपनि लिन सकिनेछ । यो खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिनेछ ।
आधुनिक बैंकिङ्ग प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।