२०८२ बैशाख ५ शुक्रबार

काठमाडौं । बहुदरमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्न अध्ययन सुरु भएको छ। व्यवसायिक संस्थाले माग गरिरहेको बहुदरमा भ्याट लगाउने व्यवस्था लागू गर्न अध्ययन सुरु गरिएको राजस्व परामर्श समितिका अध्यक्ष महेश दाहालले बताएका छन्। समितिलाई राजस्वको बलियो थिंकट्यांकको रुपमा विकास गर्न खोजिएको उनको भनाइ छ।

अहिले समितिले प्रत्येक वर्ष बजेट अघि प्रतिवेदन बनाएर अर्थ मन्त्रालयलाई दिने गरेको छ। ‘हामीले समितिको तर्फबाट गरिनुपर्ने काम गर्न सकेको प्रयास गरेका छौं। यो निकायलाई बलियो थिंकट्याकको रुपमा विकास गर्ने प्रयास हो,’ बजेटपछि नीजि क्षेत्रसँगको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले भने।

समितिले विभिन्न अध्ययन समिति बनाएर समेत काम गरिरहेको छ। समितिले पूर्वसचिव चन्द्र घिमिरेको संयोजकत्वमा भारतसँगको व्यापार सम्बन्धी अध्ययन गरेको छ। यो अध्ययनले भारतसँगको व्यापार सन्धि पुनरावलोकन गर्न सुझाएको छ।

यस्तै, कर प्रणालीलाई डिजिटल प्रणालीमा लैजान चार्टर्ड एकाउन्टेन्टको संयोजकत्वमा अध्ययन कमिटी बनाएको अध्यक्ष दाहालले जानकारी दिए। करको दरहरु समय सापेक्ष परिमार्जन गर्न पनि समितिले प्रयास गरिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय