२०८१ चैत्र १३ बुधबार

काठमाडौं । लगातार तीन दिनको वृद्धि पछि नेप्से पुनः ओरालो लागेको छ। शुक्रबार बिहानी सत्रमा झिनो अंकले बढिरहेको नेप्से मौद्रिक नीतिको तेस्रो त्रैमासिक अवधिको समीक्षा आएलगत्तै घट्न थालेको थियो। कारोबारको लागि साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेको छ। शुक्रबार नेप्से परिसूचक १५.८२ अंकले घटेर २,२२३.७८ विन्दुमा पुगेको हो।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा एकल ग्राहकले प्रति बैंकबाट ४ करोड र पुरै बैंकिङ प्रणालीबट १२ करोड रूपैयाँ मात्र सेयर धितो कर्जा लिन सकिने व्यवस्था गरेको थियो। ग्राहकहरूले आगामी असार अन्त्यसम्ममा सो सीमाभन्दा बढी कर्जा लिएको भए सो सीमाभित्र ल्याइसक्नुपर्ने व्यवस्था छ।

यही नियममा संसोधन हुने अपेक्षामा लगानीकर्ताहरू थिए। यद्यपि अझैपनि कतिपय ठूला लगानीकर्ताहरूले बजेटमा बजारलाई सकारात्मक हुने केही विषय सम्बोधन हुने अपेक्षा गरिरहेको देखिन्छन्।

यसभन्दा अघि नेप्से तीन दिन लगातार बढेको थियो। अघिल्लो दिन नेप्से ८.०३ अंकले बढेर २,२३९.६० विन्दुमा पुगेको थियो। बजार घटेपनि अघिल्लो दिनको तुलनामा आज कारोबार रकम बढेको छ। शुक्रबार कुल २२३ धितोपत्र तथा ऋणपत्रको ४१ लाख ४० हजार ६६५ सेयर किनबेच हुँदा क अर्ब २९ करोड ८९ लाख ५ हजार रूपैयाँ कारोबार भएको छ।

अघिल्लो दिन २३ लाख २४ हजार ६६५ सेयर किनबेच हुँदा ८८ करोड ९८ लाख ३४ हजार ९०८ रूपैयाँ कारोबार भएको थियो। शुक्रबार ४६ किसिमका धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने १६० वटाको मूल्य घटेको छ।

शुक्रबार कारोबारमा आएका १३ उपसमूहमध्ये होटल एन्‍ड टुरिजमबाहेक सबै उपसमूहको मूल्य बढेको छ। होटल एन्ड टुरिजमको पनि जम्मा ०.०८ प्रतिशले घटेको हो। सबैभन्दा धेरै अन्यको १.७९ प्रतिशत र फाइनान्सको १.३७ प्रतिशतले बढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय