२०८२ बैशाख ११ बिहीबार

काठमाडौं । सम्भाव्यता अध्ययनको चरणमा रहेका ११ मध्ये तीनवटा सुरुङमार्गको काम चालु आर्थिक वर्षको असारसम्म सकिँदैछ । बीपीनगर–खुटिया–दिपायल, गोदावरीकुण्ड–मानेचौर र धरान–लेउती सुरुङमार्गको सम्भाव्यता अध्ययन पुरा हुने भएको हो । यी तीनको अध्ययन गत वर्ष सुरु भएको थियो ।

यीबाहेक अन्य ९ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन चालु आवमा सुरु भएको हो । आगामी आर्थिक वर्ष ०७९/८० मा मात्रै अध्ययन सम्पन्न हुने गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

धेरै ठूलो लागत आउने परियोजनाहरुमा हौसिएर अध्ययन अघि बढाएको सरकारले निर्माण कसरी गर्ने भन्ने योजना बनाउन र स्रोत खोज्नै बाँकी छ । नागढुंगा–नौबिसे सुरुङमार्ग मुलुककै पहिलो योजना हो । यसको अनुभवले अन्य परियोजना अघि बढाउन सहयोगी हुने ठानेको सरकारले दुई दर्जन हाराहारी योजना प्रस्तावित भए पनि स्रोत निक्र्योल गरिसकेको छैन ।

२२ अर्बको नागढुंगा–नौबिसे सुरुङमार्गमा १६ अर्ब जापानको ऋण सहयोग हो । सरकारको लगानी अनिवार्य भए पनि ऋण त्यसमा लागत अत्यधिक छ ।सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि बीपीनगर–खुटिया–दिपायललाई ५० लाख, धरान–लेउती ४० लाख र गोदावरीकुन्ड–काभ्रे–मानेचौरका लागि ५० लाख रुपैयाँ सरकारले छुट्याएको थियो । यो विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भन्दा अघिको प्रक्रिया हो ।

सम्भाव्यता अध्ययनको चरणमा रहेका ११ बाहेक अन्य दुईवटा सुरुङमार्ग विस्तृत सम्भाव्यता अध्ययनको चरणमा पुगेका छन् । सम्भाव्यता अध्ययनको चरणमा ११ वटा र विस्तृत सम्भाव्यता अध्ययनको चरणमा २ वटा गरी अध्ययनको क्रममा मात्रै १३ वटा सुरुङमार्ग छन् ।

स्वदेशी लगानीमा निर्माण हुने १५ वटा सुरुङमार्गमध्ये सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङमार्गको ठेक्का सम्झौता भएर डिजाइनको काम भइरहेको छ । यसको डिजाइन पनि ९ महिनामा सकिने पनि केन्द्रले जनाएको छ। यस्तै दोलखाको लामाबगर सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

११ सय २६ मिटर लामो सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङमार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७३४ रुपैयाँ ५ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ ।

वैदेशिक अनुदान तथा ऋण सहायतामा निर्माण हुने सुरुङमार्गको संख्या ६ वटा छन् । जसमध्ये जापानले बीपी राजमार्ग अन्तर्गतको खुर्कोट–चियाबारी र अरनिको राजमार्गअन्तर्गत कोटेश्वर–जडीबुटी सुरुङमार्ग निर्माण गर्ने योजना छ ।

त्यस्तै चीनले टोखा–छहरे–गुर्जभञ्याङ सुरुङमार्ग र रसुवा बेत्रावती सुरुङमार्ग निर्माण गर्ने बताइएको छ । २२ वटामध्ये बाँकी २ वटामा कुलेखानी–भीमफेदी सुरुङमार्ग वाग्मती प्रदेश र गणेशमान सिंहमार्गको थानकोट–चित्लाङ सुरुङमार्ग एसडीसीले निर्माण गर्ने योजना छ ।

नागढुंगा–नौबिसे सुरुङमार्ग भने ४० वर्षका लागि जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा १६ अर्ब ६० करोड रुपैयाँ ऋण र नेपालले ५ अर्ब ५३ करोड रुपैयाँ लगानी गरेर निर्माण भइरहेको छ । जलविद्युत आयोजनामा मात्र सुरुङ खन्ने गरिएकोमा सडकको दुरी कम सरकारले सुरुङमार्गको योजना ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर