काठमाडौं । अनलाइन फुड डेलिभरी कम्पनी भोजमान्डुको फ्रेन्चाइज निःशुल्क लिन सकिने भएको छ । आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा भोजमान्डुले फ्रेन्चाइज निःशुल्क दिन लागेको हो ।
कम्पनीका अनुसार भोजमान्डुको फ्रेन्चाइज लिँदा सुरुको छ महिनासम्म कुनै शुल्क लाग्ने छैन । साथै फ्रेन्चाइजका लागि कम्पनीले निःशुल्क तालिम पनि दिने जनाएको छ ।
भोजमान्डुले आज आफ्नो दोस्रो वार्षिकोत्सव मनाउँदै छ । कम्पनीले हाल काठमाडौँ, भक्तपुर, ललितपुर र वीरगन्जमा आफ्नो सेवा प्रदान गरिरहेको छ ।