२०८१ मंसिर २२ शनिबार

काठमाडौं । पेट्रोलियम पदार्थमा लगाइएको प्रदूषण शुल्कबापत साढे १५ अर्ब रुपैयाँ सङ्कलन भएको छ । आर्थिक वर्ष २०६५-६६ देखि सरकारले पेट्रोलियम पदार्थमा प्रदूषण शुल्क शीर्षकमा कर लगाउँदै आएको छ । हालसम्म १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ ।

प्रदूषण करबापत प्रतिमहिना पेट्रोल र डिजलबाट शुल्क सङ्कलन हुने गरेको छ । सुरुमा प्रतिलिटर डिजल-पेट्रोलमा ५०-५० पैसा सङ्कलन गर्दै आएकामा आर्थिक वर्ष २०७६-७७ देखि शुल्क बढाएर प्रतिलिटरमा एक रुपियाँ ५० पैसा सङ्कलन गर्दै आएको हो । प्रदूषण शीर्षकमा पर्याप्त सङकलन भए पनि रकम परिचालन हुनसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय