२०८१ मंसिर २४ सोमबार

काठमाडौं । एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ भन्ने उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ। कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजना गत असार २१ गतेदेखि सञ्चालनमा आएको हो। सो आयोजनाले हालसम्म झण्डै पाँच अर्ब बराबरको बिजुली बिक्री गरेको छ।

अर्थतन्त्रका जानकारहरूले १ युनिट बिजुली बराबर १०० बराबरको बहुपक्षीय प्रभाव पर्ने बताउँदै आएका छन्। यही आधारमा चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत माथिल्लो तामाकोसीले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको उक्त परियोजनाले कुल ६ महिना नेपालको ऊर्जा क्षेत्रलाई पूर्णरूपमा आत्मनिर्भरसमेत बनाएको छ। विभागले भनेको छ, ‘खासगरी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट गत आवको अन्त्यदेखि विद्युत् उत्पादन शुरु, अन्य आयोजनाको निर्माणमा भएको वृद्धि तथा औद्योगिक उत्पादनमा भएको वृद्धि आदिका कारणले सकारात्मक प्रभाव परेको छ।’

केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको आव २०७८।७९ को राष्ट्रिय लेखा तथ्याङ्कानुसार आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने देखिएको छ। विश्व बैंक, एशियाली विकास र आइएमएफजस्ता संस्थाले नेपालको कुल आर्थिक वृद्धिदर न्यून हुने प्रक्षेपण गरिरहेका वेला सरकारको एक निकायले भने आशातीत तस्वीर सार्वजनिक गरेको हो।

आव २०७७।७८ मा आर्थिक वृद्धिदर ४.३ प्रतिशत भएको थियो भने आव २०७६।७७ मा २.४ प्रतिशतले नोक्सानमा झरेको थियो। सरकारले चालू आवमा ७.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। विभागले वृद्धिदरका विभिन्न आयाम प्रस्तुत गरेको छ। त्यसमा कुल गार्हस्थ उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा ५.८४ प्रतिशत रहनेछ।

यस्तै आधारभूत मूल्यमा ५.४९ प्रतिशत र कुल उत्पादन आधारभूत मूल्यमा भने ७३ खर्ब ५६ अर्ब ६१ करोड बराबर रहेको छ। यस्तै कुल मध्यवर्ती उपभोग उपभोक्ता मूल्यमा ३२ खर्ब ५१ अर्ब ६ करोड बराबर छ।

चालू मूल्यअनुसार कूल गार्हस्थ उत्पादन आधार मूल्यमा ४१ खर्ब पाँच अर्ब ५४ करोड बराबर रहँदा चालू मूल्यअनुसार कुल गार्हस्थ उत्पादन उपभोक्ता मूल्यमा ४८ खर्ब ५१ अर्ब ६३ करोड बराबर पुगेको छ। विभागका अनुसार चालू मूल्यमा कुल स्थिर पुँजी निर्माण १४ खर्ब २५ अर्ब आठ करोड बराबर छ। चालू मूल्यमा अन्तिम उपभोग खर्च ४४ खर्ब एक अर्ब ६७ करोड बराबर छ। चालू मूल्यमा वस्तु तथा सेवा निर्यात तीन अर्ब २० अर्ब ७१ करोड बराबर छ।

यस्तै वस्तु तथा सेवा आयात रु. १८ खर्ब २० अर्ब ८२ करोड, चालू मूल्यमा कुल राष्ट्रिय बचत कुल गार्हस्थ उत्पादनको ३१.९५ प्रतिशत बराबर छ। कुल गार्हस्थ उत्पादनको १९.८१ प्रतिशत बराबरको विप्रेषण आय भएको विभागको ठहर छ।

९ खर्ब ६१ अर्ब सात करोड बराबरको विप्रेषण चालू आवको अन्त्यसम्म आप्रवाह हुने यसबाट देखिन्छ। प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ लाख ६४ हजार ५९८ बराबर पुगेको छ। त्यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन एक लाख ६५ हजार ६४९ बराबर पुगेको छ।

विगत ६० वर्षदेखि लगातार राष्ट्रिय लेखामान सार्वजनिक गर्दै आएको विभागले सन् २०११ लाई आधार वर्षका रूपमा मान्यता दिएको छ। हरेक तीन आवको विवरणलाई प्रस्तुत गर्दै चालू आवको ६ देखि ९ महिनाको विवरणका आधारमा विवरण सार्वजनिक गरेको हो।

बेमौसमी बाढी तथा पहिराका कारण गत कात्तिकमा धानखेतीमा परेको नकारात्मक असरका कारण आर्थिक वृद्धिदरमा केही समस्या देखिएको विभागको भनाइ छ। बेमौसमी वर्षा नभएको भए आर्थिक वृद्धिदर अझै माथि जानसक्ने विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले वास्तविकताका आधारित तथ्य तथ्याङ्कको विश्लेषण गरेर विवरण प्रकाशित गरिएकाले अन्तरराष्ट्रिय निकायहरूको भन्दा विभागको तथ्याङ्क विश्वसनीय र भरपर्दो रहेको बताए।

आयोगका सदस्य डा. रामकुमार फुँयालले रूस–युक्रेन सङ्घर्षका कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण नेपालको अर्थतन्त्रमा पनि प्रभाव परेको बताए। कोरोना महामारीबाट अर्थतन्त्र क्रमशः लयमा फर्किएको समेत उहाँको भनाइ छ।

यस्तै विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले चालू आवमा कुल आयात कुल २० खर्ब बराबर पुग्ने अवस्था देखिएको जानकारी दिए। यस्तै निर्यात भने ३ खर्ब २० अर्ब बराबर पुग्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय