२०८२ जेष्ठ ९ शुक्रबार

कास्की । बैंक अफ काठमाण्डू लिमिटेडले पोखरा महानगरपालिका-१, बगरस्थित बगर शाखा विस्तार गरेको छ ।

नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् ।

उक्त औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले ग्राहकहरूको लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरू उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालय, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाटबैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय