२०८१ चैत्र ५ मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले गरेको अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको निष्कर्ष निकालेको छ । राष्ट्र बैङ्कको अध्ययनको क्रममा सहभागीले न्यूनतम ११ तथा १५ भन्दा बढी बैङ्कको सङ्ख्या आवश्यक नभएको बताएको हो । राष्ट्र बैङ्कले बैङ्कको सङ्ख्या घटाउने उद्देश्यले सरोकारवालाको राय लिनको लागि सर्वे गरेको थियो ।

बैङ्क तथा वित्तीय संस्थाका सिइओ,सञ्चालक तथा विज्ञ गरेर २३० जनामा गरिएको हो । जसमा बैङ्क तथा तथा वित्तीय संस्थाका सञ्चालक,सिइओ तथा डेपुटी सिइओ गरेर १४० जना तथा ९० जना विज्ञ सहभागी थिए । सर्वेमा ५० प्रतिशतले नेपालमा १५ वटाभन्दा बढीको संख्यामा बैङ्क आवश्यक नभएको राय दिएका छन् ।

अध्ययनले नेपालमा सबै प्रकारका वित्तीय संस्थाको सङ्ख्या पनि बढी भएको निष्कर्षमा सरोकारवाला छन् । राष्ट्र बैङ्कको निष्कर्ष छ कि समान अर्थतन्त्रको आकार, प्रतिव्यक्ति आय र जनसङ्ख्या भएका मुलुकको तुलनामा नेपालमा वाणिज्य बैङ्कको सङ्ख्या निकै बढी हो ।

सर्वेमा सहभागीमध्ये ५७ प्रतिशतले इनसेन्टिभ दिएर मर्जर गर्नु पर्नेमा बताएका छन् भने २० प्रतिशतले फोर्स मर्जर गर्नुपर्ने बताएका छन्। ६१ प्रतिशतले मर्जरले कमजोर र बलिया बैङ्क तथा वित्तीय संस्थाबिच मर्जर गर्नुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय