२०८१ माघ २ बुधबार

जेनेभा । जालसाजीको आरोपमा एउटा स्विस बैंकका पूर्व अध्यक्षलाई झण्डै चार वर्ष लामो काराबास सजाय सुनाइएको छ । जुरिचस्थित अदालतले ६५ वर्षीय पिएरिन भिन्सेन्जले स्ट्रिप क्लब, टिन्डर डेट्स, महँगा गन्तव्यमा विदा मनाउन र रात्रिभोजमा अवैध रूपमा भुक्तानी गर्न आफ्नो कम्पनीको क्रेडिट कार्डको दुरूपयोग गर्ने गरेको जनाएको छ ।

यस मुद्दामा जनचासो मनोरन्जनात्मक रहेको पाइएको छ । मानौ मुद्दा जुरिचको कुनै अदालतमा नभई कुनै कन्सर्ट हलमा चलिरहेको छ ।

राइफेइसन बैंकका पूर्व प्रमुख कार्यकारिणी अधिकारी भिन्सेन्ज र उनका सह–प्रतिवादीले अदालतको यस निर्णयविरुद्ध माथिल्लो अदालतमा अपिल गर्ने बताएका छन् ।

सरकारी वकिलहरूले भिन्सेन्ज र क्रेडिट कार्ड कम्पनीका पूर्व बोस बिट स्टोकरले कम्पनीलाई ठगेर आफ्नो खल्ती भर्ने काम गरेको आरोप लगाएका थिए । स्टोकरलाई चार वर्ष र कुनै समय स्विजरल्यान्डका प्रतिष्ठित बैंकरको रूपमा चिनिने गरेका भिन्सेन्जलाई तीन वर्ष नौ महिना लामो काराबास सजाय सुनाइएको छ ।

स्विस संचार माध्यमकाअनुसार न्यायधीशले भिन्सेन्जले थुप्रैपटक स्ट्रिप ब्क्लबमा गएर खर्च गरेपनि वास्तवमा सो रकम बैंकको खर्च शीर्षकसँग सरोकार नरहेको बताएका छन् । रोयटर्सले उनले स्ट्रिप क्लबमा मात्रै व्यापार व्यवसायसँग सम्बन्धित खर्च भन्दै कम्पनीको नामबाट २ लाख १४ हजार अमेरिकी डलर तिरेको जनाएको छ ।

साथै उनले टिन्डरमा भेटेकी एक महिलासँग खाना खाएको ७ सय फ्रान्क पनि ‘जागिरका लागि अन्तर्वार्ता’ लिएको नाममा भुक्तानी गरेका थिए ।

स्विजरल्यान्डस्थित बीबीसीका संवाददाता इमोजेन फोल्केसले यस मुद्दाका कारण स्थानीय समुदायमा २ सय वटा शाखा भएको राइफेइसन बैंकको प्रतिष्ठामै आँच पुगेको बताएका छन् ।

बीबीसीबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय