२०८२ बैशाख ५ शुक्रबार

सिल्भर क्राउनले काठमाडौंमा आयोजित एक कार्यक्रमबिच समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई अचिभर्स अवार्ड २०७८ ले सम्मान गरेको छ । कार्यक्रममा अचिभर्स अवार्ड २०७८ बाट गोल्डेनगेट ईन्टरनेशनल कलेज तथा हिसानका अध्यक्ष शिक्षाविद् रमेश सिलवाल, ब्यबसायी प्रज्वल जङ पाण्डे, गायक शिव परियार, सहारा बिजनेस ग्रुपका अध्यक्ष तथा युवा ब्यबसायी सुदर्शन राज शर्मा सम्मानित भए ।

कार्यक्रमका प्रमुख अतिथि नबिल बैंकका अध्यक्ष बैंकर उपेन्द्र पौडेलले समाज परिवर्तनको लागि यस्ता कार्यक्रम हरुले सबै ब्यक्तित्वहरुलाई प्रेरणा मिल्ने र यस्ता कार्यक्रमहरुको आयोजना हुँदा सकारात्मक प्रभाव पर्ने बताएका छन् । उनले समाजका बिभिन्न बिधाका सफल ब्यक्तिहरुलाई अझ निरन्तर आफ्नो क्षेत्रबाट देश बिकासमा लाग्नु महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा गायक तथा समाज सेवी निर्णय श्रेष्ठले सम्मानित ब्यक्तित्वहरुलाई शुभकामना दिदै युवाहरुले सम्मानित ब्यक्तित्वहरुको जिवनीबाट धेरै कुरा सिक्नुपर्ने बताए ।

 सिल्भर क्राउनकी अध्यक्ष अनुजा आचार्यले युवाहरुको लागि उत्प्रेरक कार्यक्रमहरु गर्ने योजनाका साथ सिल्भर क्राउनको स्थापना गरिएको र निकट भबिष्यमै मिस एन्ड मिसेस कर्पोरेट नेपाल तथा मिस एस ई ई ईन्टरनेशनलको आयोजना गर्न लागेको जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय