२०८१ माघ २ बुधबार

काठमाडौ । महालक्ष्मी विकास बैंकको डडेलधुरा शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत अजयमेरु गाउँपालिकामा अवस्थित सहश्रलिंग उच्च मावि चमडालाई ह्वाईट बोर्ड तथा खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ ।

बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठन पाठनमा सहजताका लागि ७ थान ह्वाईट बोर्ड तथा पिउने पानीको सहजताका निम्ति १ हजार लिटर क्षमता भएको १ थान पानी ट्याङ्की हस्तान्तरण गरेको हो ।

कार्यक्रममा अजयमेरु गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष शिवराज भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कृष्ण पाल, विद्यालयका प्रधानाध्यापक रन बहादुर ऐर, शिक्षक, विद्यार्थी, राजनितिक दलका प्रतिनिधी, अन्य विभिन्न संघ सस्थाका प्रतिनिधी, स्थानीय, पत्रकार तथा बैकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय