
काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ ।
एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजीटलको उत्पादनहरुको रु. २०,००० को खरिद गरी एनएमबिको कुनै पनि कार्ड बाट पिओएस वा अनलाईनमा भुक्तानी गर्दा रु. २,००० को क्यासब्याक पाइने बैंकले जनाएको छ।
यो योजना चैत्र २९ देखि शुरू भई सिमित अवधिको लागी मात्र लागु हुने बैंकले जनाएको छ ।
यस्तै एनएमबि बैंकका ग्राहकले दराज अनलाइनबाट समान खरीद गर्दा १०% वा रु. १,००० सम्म र क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५% वा रु. १,५०० सम्म छुट पाउन सक्नेछन् ।
यो योजना चैत्र २८ देखि शुरू भई सिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराइएको छ ।
यस्तै एनएमबि बैंकको ग्राहकले ईएनएमबि एपबाट स्क्यान गरी दैनिक उपभोग्य बस्तुको भुक्तानी गर्दा १०% वा रु.१०० सम्मको क्यास ब्याक पाउनुको साथै हेलिकप्टर चढी सगरमाथासम्म भ्रमण गर्ने मौका पाउन सक्नेछन् ।
उक्त छुट प्राप्त गर्नको लागि ग्राहकले आफ्नो ईएनएमबि एप डेबिट कार्ड सक्रिय गरी ई–कमर्स पनि सक्रिय गर्नुपर्नेछ ।
यो योजना चैत्र २९ देखि शुरू भई सिमित अवधिको लागी मात्र लागु हुने बैंकले जनाएको छ ।
यस्तै एनएमबि बैंकका ग्राहकले सस्तो डिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २०% वा २ हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।
यो योजना चैत्र २९ देखि शुरू भई सिमित अवधिको लागी मात्र लागु हुने बैंकले जनाएको छ ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।