
काठमाण्डौं । नयाँ वर्ष लागेसँगै धितोपत्रको प्राथमिक बजारमा ५४ करोड रुपैयाँ बराबरको परम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बिक्री खुला हुने भएको छ ।
पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई जलविद्युत कम्पनीहरु विन्धबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दीखोला जलविद्युत कम्पनीलाई ५४ करोड ५१ लख ९२ हजार ९०० रुपैयाँ बराबरको आईपीओ बिक्रीको अनुमति दिएको हो ।
बोर्डका अनुसार विन्धबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका २५ लाख कित्ता र दोर्दीखोला जलविद्युत कम्पनीलाई प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका २९ लाख ५१ ह्जार ९२९ कित्ता सेयर बिक्रीको अनुमति दिइएको हो ।
दुबै कम्पनीलाई स्थानीय र सर्वसाधारणका लागि सेयर जारी गर्न अनुमति पाएको हो । विन्धबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल तथा दोर्दीखोला जलविद्युत कम्पनी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।