२०८२ बैशाख ११ बिहीबार

काठमाडौं । चेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले एकैवर्ष साढे ३४ प्रतिशतले आयात बढ्नु अर्थतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन्। चालु वर्षको आठ महिनामा एक खर्ब ४७ अर्बको निर्यात र आयात १३ खर्ब आठ अर्ब पुग्नु अर्थतन्त्रका लागि नकारात्मक भएको उनले बताएका हुन्।

आठ महिनामा व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि भएर ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँबराबरको पुगेको छ। यो अवधिसम्म कुल वस्तु व्यापार १४ खर्ब ५६ अर्ब ६४ करोड छ। यसमा आयातको हिस्सा ९० प्रतिशत र निर्यातको १० प्रतिशत मात्रै देखिन्छ । परम्परागत वस्तुको निर्यातले मात्रै यति ठूलो घाटाको सामना गर्न सम्भव नहुने अध्यक्ष मल्लको भनाइ छ।

चेम्बरको ७१ औं वार्षिक सभामा बोल्दै मल्लले उच्च मूल्यका नयाँ–नयाँ वस्तुहरुको निर्यात गर्नु, वस्तुगत तथा बजारगत विविधिकरणको नयाँ रणनीतिका साथ अन्तर्राष्ट्रिय बजारमा नेपालको पहुँच बढाउनु अति जरुरी रहेको बताए। प्रतितपत्रमार्फत हुने आयातमा शतप्रतिशतसम्मको मार्जिन राख्नुपर्ने प्रावधानले व्यवसायका लागत बढ्न गएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर