२०८१ माघ ११ शुक्रबार

काठमाण्डौ । चालु आर्थिक वर्षको साउनदेखि १५ चैतसम्म साढे आठ माहिनामा मुुलुकमा झण्डै दुई खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यस अवधिमा १ खर्ब ८७ अर्ब १७ करोड ७७ लाख ६१ हजार रुपैयाँ बराबरको २२ लाख ३६ हजार ६ सय ७७ किलोलिटर इन्धन आयात भएको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको थियो । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएकाले १ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको इन्धन आयात भएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार साउनदेखि १५ चैतसम्म १२ लाख २४ हजार ५ सय १२ किलोलिटर डिजेल आयात भएको छ । यस्तै ५ लाख १९ हजार १८ किलोलिरट पेट्रोल, ११ हजार ७ सय ७८ किलोलिटर मट्टितेल, १ लाख ८५ हजार ५६ किलोलिटर हवाई इन्धन आयात भएको छ । यस्तै ३ लाख ७२ हजार ८ सय १३ मेट्रिक टन खाना पकाउने एलपीजी ग्यास आयात भएको छ ।

मासिक रुपमा पेट्रोल ६१ हजार किलोलिटर, डिजेल १ लाख ४४ हजार किलोलिरट खपत हुने गरेको छ । यस्तै मट्टितेल १ हजार ३ सय ८५ किलोलिरट हवाई, इन्धन १२ हजार ७ सय ७१ किलोलिटर मासिक खपत हुने गर्छ । यस्तै खाना पकाउने एलपीजी ग्यास ४३ हजार ८ सय ६० मेट्रिक टन खपत हुने गरेको निगमको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय