२०८१ मंसिर २४ सोमबार

काठमाडौं । गत माघ महिनामा नेपालसँग कुल बिदेशी मुद्राको सञ्चिति ९७५ करोड डलर थियो। फागुनमा आउँदा यो ९६० करोड अेमरिकी डलरमा आयो। बिनिमय दर १२१ रुपैयाँमा हिसाब गर्दा बिदेशी मुद्राको सञ्चिति १८ अर्ब १५ करोड रुपैयाँले घटेको छ। राष्ट्र बैंकका अनुसार १५ करोड डलरले बिदेशी मुद्राको सञ्चिति घटेको छ। आयात उच्च दरले बढ्दा बिदेशी मुद्राको सञ्चितिमा फराकिलो खाडल देखिएको हो।

बिदेशी मुद्राको सञ्चिति उच्च दरले घटेकै कारण राष्ट्र बैंकले ३०० बस्तुको आयात रोक्नका लागि बैंकहरुलाई डाकेर प्रतितपत्र नखोल्न मौखिक निर्देशन दिइसकेको छ। राष्ट्र बैंकले ४७ समूहका बस्तुको आयात गर्दा खोलिने एलसीमा मार्जिन सत् प्रतिशत गरेपनि फागुनमा आयात माघको तुलनामा बढेको छ। त्यही कारण पनि अहिले एलसी नै नखोल्ने निर्णयमा राष्ट्र बैंक पुगेको हो।

यता सरकारले पनि आयात कटौतीका साथै उच्च दरले भइरहेको इन्धन खपतलाई कम गर्न अन्य बैकल्पिक उपायका बारेमा छलफल गरिरहेको छ। सरकारले दुई दिन सार्वजनिक बिदादेखि सवारी साधनमा जोरबिजोर लगाउनेसम्मको बिषयमा छलफल गरिरहेको छ। अहिले देशमा सबैभन्दा बढि रकमको आयात इन्धनका लागि भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय