२०८१ मंसिर २३ आईतवार

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत पूर्वाधारहरू निर्माणको काम सुरु हुन अझै करिब डेढ वर्ष लाग्ने उक्त सम्झौता कार्यान्वयनमा संलग्न निकायका अधिकारीहरूले बताएका छन्। विद्युत् प्रसारण लाइन र सडक निर्माणका लागि ६० अर्ब रुपियाँ अनुदान उपलब्ध गराउने प्रतिवद्धता जनाइएको उक्त सम्झौतालाई अघिल्लो महिना नेपालको संसद्ले अनुमोदन गरेको थियो।

सोमवार अर्थमन्त्री जनार्दन शर्मासँग एमसीसीका डेप्यूटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्ससँग भर्चुअल छलफल गरेका थिए।त्यसमा नेपालका अर्थमन्त्रीले एक वर्षभन्दा कम समयमा नै उक्त परियोजनाको कार्यान्वयन थालिनुपर्ने धारणा राखेको बताइएको छ।

एमसीसी अन्तर्गत रातमाटे, दमौली, बुटवलहुँदै भारतको सीमासम्म ३ सय १५ किलोमिटर प्रसारण लाइनको निर्माण गर्ने र दाङको शिवखोलादेखि धानखोलासम्म ७७ किलोमिटर सडकको मर्मत गर्ने प्रतिवद्धता जनाइएको छ।

यी परियोजनाहरू अघि बढाउन हाल पूर्व तयारीको काम भइरहेको र त्यो सम्पन्न हुन १५ देखि १८ महिनासम्म लाग्नसक्ने मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिका सूचना अधिकारी राजीव दाहालले बताए।

उनले भने, एमसीसीको मोडेल अनुसार प्रारम्भिक तयारीका कार्यहरू गरिसकेपछि मात्रै निर्माणको चरणमा प्रवेश गरेपछि पाँच वर्षमा परियोजना सम्पन्न गर्नुपर्ने काउन्ट डाउन सुरु हुने भएकाले अहिले हामीले जग्गा अधिग्रहणको कामहरू, रूखको कटानीको अनुमति लिने र सरकारी जग्गाहरूलाई प्रक्रिया मिलाएर अनुमति लिने प्रक्रियामा हामी छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय