२०८१ माघ ११ शुक्रबार

काठमाडौं । नेपाल राष्ट्रका पूर्व गर्भनर चिरञ्जिवी नेपालले विदेशी मुद्रा घट्दै जानाले मुलुकको आर्थिक अवस्था संकटमा धकेलिँदै गएको बताएका छन् । बुधवार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था विषयक साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वगर्भनर नेपालले यस्तो बताएका हुन् ।

कोरोना भाइरस पश्चात् आर्थिक अवस्था किन घट्दै गएको छ भन्ने सवालमा सरकारले कर्जा विस्तार अहिलेसम्मकै सबैभन्दा धेरै ३२ प्रतिशत बढी गरेको बताए । जबकि, मौद्रिक नीति १९ प्रतिशत रहेको वेला लगानी गर्नु अशोभनीय हुन गएको उनको भनाइ छ ।

उनले, मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउनका लागि हरेक कुरामा सञ्चितिकरण गर्नुपर्ने ध्यान दिनुपर्ने र निर्यातलाई बढाउनु पर्नेमा जोड दिए । अहिले नेपालको अवस्था ऋण तिर्न सक्ने रहेको भन्दै, सधैँ ऋणमा मात्रै भर पर्न नहुने बताउँदै, उत्पादन र निर्यातलाई ऊर्जाशील बनाउने बाटोमा सरकार गम्भीर रूपमा अगाडि बढ्नुपर्नेमा सुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय