२०८१ मंसिर २२ शनिबार

काठमाडौं । यातायात व्यवसायीले छोटो दूरीमा गुड्ने सार्वजनिक सवारीको भाडा बढाउन प्रदेश सरकारलाई दबाब दिने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो दूरीको भाडा बढाएसँगै छोटो दूरीका सवारी साधनमा पनि भाडा बढाउन व्यवसायीले दबाब दिने भएका हुन् ।

सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघका महासचिव भरत नेपालले प्रदेश सरकारले तत्काल छोटो दूरीमा गुड्ने सवारीको भाडा बढाउनुपर्ने बताए ।

‘‘लामो दूरीको भाडादर समायोजन भएको छ । अब छोटो दूरीको हकमा प्रदेशले तत्काल भाडा बढाउनुपर्छ,” उनले भने, ‘‘सरकारले हाम्रा मागलाई हल्का रूपमा लिएको छ । हाम्रोजस्तो देशमा इलेक्ट्रिोनिक भेहिकल चलेको छैन । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई बढी प्राथमिकतामा राखेर निर्णय गर्नुपर्ने हो । तर, त्यो हुन सकेको छैन ।”

व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडा नबढाएको भन्दै दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । सरकारले लामो दूरीको भाडादर बढाए पनि सबै प्रदेशमा एउटै भाडादर कायम नभएको भन्दै व्यवसायीले असन्तष्टि जनाएका छन् । सरकारले लामो दूरीमा गुड्ने सवारीसाधनको हकमा १० देखि १५ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ ।

प्रदेश सरकारले यसअघि बढाएको भाडादरमा व्यवसायीले दुई रुपैयाँ बढी भाडा असुल्दै आएका छन् । व्यवसायीले स्थानीय तहको चुनावको मुखमा अप्रिय निर्णय गर्नुपर्ने हुनसक्ने चेतावनीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय