
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिना सकिन लाग्दा सरकारले ७ खर्ब ७८ अर्ब प्राप्ति गरेको छ । सरकारले अनुदान राजस्व गैरराजस्व शीर्षकमा सो रकम प्राप्ति गरेको हो । सरकारले सबैभन्दा धेरै राजस्व शीर्षकबाट ६ खर्ब ६७ अर्ब संकलन गरेको छ । यस्तै गैरकर शीर्षकबाट ५८ अर्ब ३४ करोड र अनुदानबाट १३ अर्ब ८८ करोड प्राप्ति गरेको छ ।
यस्तै आम्दानी र खर्चको तुलनामा सरकारको ढुकुटी ३७ अर्ब मात्रै बचतमा रहेको छ । यदि यो बचत घट्दै गएमा सरकारले आन्तरिक ऋण उठाई खर्च गर्नेछ ।
खर्च शीर्षकमध्ये सबैभन्दा धेरै चालु शीर्षकमा खर्च भएको छ। यो शीर्षकमा ५ खर्ब ८२ अर्ब खर्च भएको छ भने विकास खर्चतर्फ ९४ अर्ब १९ करोड खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ ६५ अर्ब खर्च भएको छ ।