
काठमाण्डौं । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि चिनिया सरकारले साङ्घाइ लगायतका सहरमा लकडाउन घोषणा गरेको छ । चीनको साङ्घाइमा लकडाउन हुँदा त्यसको प्रभावले एसियाली सेयर बजार र अन्तराष्ट्रिय कच्चा तेलको मूल्य ओरालो लागेको छ । चीनमा गरिएको लकडाउनका कारण एसियाली सेयर बजार ओपनिङमा ओरालो लागेको छ ।
जापान बाहिरको एसिया–प्यासिफिक क्षेत्रको बृहत सूचांक एमएससीआइ ०.८ प्रतिशतले ओरालो लागेको छ । यसैगरी चीनको निकेई ०.४ प्रतिशतले घटेको छ भने चीनको ब्लु चिप्स ०.८ प्रतिशतले ओरालो लागेको छ ।
यसैगरी अमेरिकी तथा युरोपेली सेयर सूचांक एस एन्ड पी स्टक फ्युचर्सले ०.३ प्रतिशत उकालो लागेको छ भने नासड्याक ०.४ प्रतिशतले ओरालो लागेको छ। यसैगरी युरोस्टक्स र एफएटसीइ सूचांक भने स्थिर देखिएका छन् ।
कच्चा तेलको मूल्य प्रति ब्यारल ४ डलरले घटेको छ । रुस र युक्रेन शान्ति सम्झौता गर्न यसै हप्ता टर्कि जाने भएपछि तेलको मुल्यमा अझै सुधार आउने अनुमान गरिएको छ ।
बैंक अफ जापानले बोन्ड खरिद गर्दा जापानी येज अन्तराष्ट्रिय बजारमा झन् कमजोर देखिएको छ । जापानी येन एक डलर बराबर १२३.०३ येनमा विनिमय भइरहेको छ ।