
मुक्तिनाथ विकास बैंकले दाङको राप्ती गाउँपालिका–८ पिपरीस्थित निलसागर सेवा आश्रमका लागि खाद्यवस्तु, डस्टबिन तथा अन्य सामग्रीका लागि सहयोग गरेको छ।
बैंकले निलसागर सेवा आश्रमलाई एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरेको हो। कार्यक्रममा बैंकका तर्फबाट सिसहनिया शाखाका प्रबन्धक दीपककुमार पाण्डे र अन्य कर्मचारीहरुको उपस्थिति तथा निलसागर सेवा आश्रमका तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति थियो।
यस सहयोगबाट निलसागर सेवा आश्रममा बसेका ज्येष्ठ र अशक्त नागरिकको पुनस्र्थापना गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ। मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ।
यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।