२०८१ माघ २ बुधबार

काठमाडौं । सनराइज बैंकले मधेस प्रदेशको विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । राजविराज, लहान र गौरमा साक्षरता कार्यक्रम गरेको बैंकले जनाएको छ ।

नेपाल बैंकिङ इन्स्टिच्युटसँग सहकार्य गरी आयोजना गरिएको वित्तीय साक्षरतामा १०० जनाभन्दा बढी स्थानीय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिहरूको सहभागीता रहेको बैंकले जनाएको छ ।

कार्यक्रमहरूमा बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनुपर्ने सर्तकता, सुरक्षित रेमिट्यान्स प्रणालीलगायतका विषयमा जानकारी प्रदान गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय