२०८१ माघ २ बुधबार

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले अनुमति नलिइकन तयार भएका २ सयभन्दा बढी जग्गा प्लटिङलाई रोक्ने प्रक्रिया अगाडि बढाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका अनाधिकृत जग्गा प्लटको कारोबारमा रोक लगाउनेगरी तीनवटै जिल्ला कार्यलयले सूचना निकालेको प्राधिकरणका सूचना अधिकारी सौरभ ढकालले जानकारी दिए ।

‘फुकुवा गर्नका लागि अब घरजग्गा व्यवसायीले प्लटिङ गरेको जग्गामा ५ प्रतिशत खुला क्षेत्र र २० फिट बाटो कायम गरेर नयाँ संरचना तयार पारेपछि मात्रै कारोबार फुकुवा हुनेछ’ ढकालले भने ।

प्राधिकरणले तोकेको मापदण्ड लागु नगरेसम्म उक्त जग्गाहरूमा कारोबार रोक्का जारी रहनेसमेत प्राधिकरणले जनाएको छ । व्यवसायीहरूले नाफा छिटो कमाउनका लागि मापदण्ड मिचेर धेरै प्लट खाडा गरिएको पाइएपछि प्राधिकरण आक्रामक रुपमा प्रस्तुत भएको हो ।

घरजग्गा व्यवसायीहरूले नाफा मात्रै हेरेर काम गर्दा समस्या आएकोले नयाँ नक्सांकन नगरेसम्म कारोबार फुकुवा नहुने समेत ढकालले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय