पाेखरा । बैंक अफ काठमाण्डूका ग्राहकले रोडहाउस क्याफेमा विशेष छुट पाउने भएका छन् । बैंक र रोडहाउस क्याफे पोखराबीच शुक्रबार यसबारे सम्झौता भएको हो ।
यस सम्झौता अनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा क्याफेमा १० प्रतिशत छुट पाउनेछन् ।
रोडहाउस क्याफे पोखराले लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।