२०८१ माघ २ बुधबार

काठमाडौं । तरलताको अभावले ठूला बैंकहरु निकै समस्यामा छन् । सीडी रेसियो नै सीमाभन्दा माथि पुगिसकेको छ । ठूला बैंकहरुमा तरलताको समस्या विकराल बन्दै जादा फाइनान्स कम्पनीहरु भने तुलनात्मक हिसाबले सुरक्षित देखिएका छन् । फाइनान्स कम्पनीहरुको औसत सीडी रेसियो अहिले पनि तोकिएको सीमाभित्रै रहेको बताइन्छ ।

केही केही फाइनान्स कम्पनीहरु समस्याग्रस्त संस्थाको सूचीमा परेर उठेका संस्थाहरु छन् । ती संस्थाहरुको पूँजी धेरै भए पनि निक्षेप ल्याउन सकेका छैनन् । जसको असर त्यस्ता संस्थाहरुको सीडी रेसियो तोकिएको सीमाभन्दा धेरै माथि पुगेको छ । ‘तर यी अपवाद हुन्, समस्याग्रस्त सूचीमा नपरेका संस्थाहरुमा धेरै सहज छ’ वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधर भन्छन् ।

अहिले देखिएको समस्या भने बैंकको मात्रै रहेको उनले बताए । बैंकमा समस्या देखिनुको कारण पनि बैंकहरुकै कमजोरी रहेको उनी बताउछन् । बैंकहरुले मनपरी ढंगले कर्जा दिएका कारण पनि समस्या धेरै देखिएको उनको बुझाइ छ ।

‘घाटी हेरि हाड निल्नु भन्ने उखान छ, बैंकहरुले त्यो लागू गरेनन्,’ अध्यक्ष तुलाधर भन्छन्, ‘अहिले हामीले यो विषयमा ध्यान दिएका छौं, जसले गर्दा कम्फरटेबल अवस्थामा छौं ।’ आफ्नो क्षमता अनुसार ऋण प्रवाह गरेको भए अहिलेको जस्तो अवस्था नहुने उनी बताउँछन् ।

अहिले १० वटा फाइनान्स कम्पनीहरु ‘ग’ वर्गको वित्तीय संस्थाको रुपमा सञ्चालनमा छन् । सञ्चालनमा रहेका मध्ये मल्टिपर्पज फाइनान्स एक जिल्ला (सप्तरी) मात्रै कार्यक्षेत्र भएको फाइनान्स कम्पनी हो भने जानकी फाइनान्स मोरङ, सुनसरी र सप्तरी गरी तीन जिल्ला कार्यक्षेत्र भएको फाइनान्स कम्पनी हो । बाँकी १८ वटा कम्पनीहरु भने राष्ट्रिय स्तरका कम्पनीहरु हुन् ।

केही पुराना कम्पनीहरु सीडी रेसियो सीमाभित्रै रहेको र थोरबहुत कर्जा दिन सक्ने अवस्थामा समेत छन् । फेरि कम्पनीहरु भने एकदमै अप्ठेरो अवस्थामा छन् । संघका अध्यक्ष तुलधार पनि केही कम्पनीहरुको सीडी रेसियो सय प्रतिशत नाघ्ने अवस्थामामा पुगेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय