२०८१ चैत्र २ शनिबार

काठमाडौं । रियलमी ९ प्रोे प्लस ५ जी नेपाली बजारमा आएको छ । रियलमी ९ प्रो प्लस ५ जी मा फ्ल्यागसिप ट्रिपल क्यामेरा सेटअप रहेको छ, जसमा ५० एमपी प्रमुख क्यामेरा, ८ एमपीसुपर वाइड क्यामेरा र २ एमपी म्याक्रोे क्यामेरा रहेको छ ।

साथै इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, हार्ट रेट सेन्सर, ४५०० एमएएच ब्याट्री र ६० डब्ल्यु सुपर डार्ट चार्जिङसहित उपलब्ध रहेको छ । छ प्लस एक सय २८ जिबीको ४१ हजार नौ सय र आठ जिबी प्लस एक सय २८ जिबीको मूल्य ४५ हजार नौ सय रुपैयाँ रहेको छ । फोन सबै अफलाइन च्यानल र दराजमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका इन्डियाका प्रमुख कार्यकारी अधिकृत अध्यक्ष माधव शेठले भन्नुभयो, ‘रियलमीको नम्बर सिरिज नेपालसहित विश्वभरिका प्रयोगकर्तामाझ लोकप्रिय छ । हामीले विश्वभर चार करोड नम्बर सिरिजका स्मार्टफोन वितरण गरिसकेका छौँ र यो उपलब्धि हासिल गर्न यस पछाडि रहेको हाम्रो नवीन प्रयोगप्रतिको हाम्रो प्रतिबद्धता नै मुख्य कारक हो ।

रियलमी ९ प्रो प्लस ५ जी साथमा हामी नम्बर सिरिजलाई अझ विस्तार गर्नेछौँ र केही हदसम्म प्रिमियम सुविधाहरू लिएर आउनेछौँ ।’ दराज अनलाइनबाट प्रि–बुकिङ गर्ने ग्राहकलाई ६ महिनाका लागि निःशुल्क स्क्रिन रिप्लेसमेन्ट सुविधा पनि उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय