२०८२ बैशाख ११ बिहीबार

काठमाडौं । भारतीय उलर्जा व्यापारमा विद्युत् महसुल महँगो हुँदा त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ । नेपालले ‘बिड’ गरेको मूल्यमा विद्युत् नपाएपछि भारतबाट विद्युत् आयात घटेको छ । मंगलबार रातिदेखि नेपालले भारतबाट यसअघि आयात गरेको परिमाणमा बिजुली पाउन नसकेको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार भारतमै बिजुलीको मूल्य प्रतियुनिट २० भारु पुगेको छ । नेपाललाई बिक्री गर्ने एजेन्सीहरूले आठदेखि १० भारुमा ‘बिड’ गरेकाले आयात प्रभावित भएको भट्टराईले बताए । तर, भारतबाट विद्युत् आयात भने नरोकिएको उनले स्पष्ट पारे ।

“हामीले ३० रुपैयाँ भारु तिर्ने हो भने जति पनि बिजुली पाउँछौँ । तत्काल देखिएको समस्या हामीले बिड गरेको मूल्यमा विद्युत् नपाएको हो,” उनले भने । उनले अहिले पनि २०० मेगावाट हाराहारी विद्युत् भारतबाट आयात भइरहेको बताए ।

भारतबाट बिजुली आयात कम भएपछि भैरहवा क्षेत्रका उद्योगहरूले नियमित रूपमा विद्युत् नपाएको गुनासो गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले उद्योगहरूले नियमित बिजुली नपाएको गुनासो गरेको जानकारी दिए । “भारतबाट बिजुली कम आएको भन्दा पनि भारतबाट आयात गरिएको बिजुली कम गुणस्तरको भएकाले ट्रेपिङ भएको गुनासो व्यवसायीले गरेका छन्,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर