
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा नेपालले ५६ अर्ब ९३ करोड रुपैयाँको खाद्यान्न आयात गरेको छ । भन्सार विभागका अनुसार आठ महिनामा नेपालले विभिन्न देशबाट ५६ अर्ब ९३ करोड रुपैयाँको खाद्यान्न भित्राएको हो ।
यस्तै २० अर्ब १३ करोड रुपैयाँको खाद्य उद्योगका लागि चाहिने कच्चा पदार्थ भित्रिएको छ । आठ महिनामा ९५ अर्ब रुपैयाँको घिउ–तेल र पशुपक्षीजन्य वस्तु, २६ अर्ब ७३ करोड रुपैयाँको तरकारी, १६ अर्ब ३१ करोड रुपैयाँको फलफूल, ६ अर्ब रुपैयाँको चिया–कफी र ६ अर्ब रुपैयाँको चिनी र चकलेट आयात भएको छ ।
यस्तै आठ महिनामा एक खर्ब १२ अर्ब रुपैयाँको फलाम र स्टिल आयात भएको छ, एक खर्ब रुपैयाँका मेशिन, ८६ अर्ब रुपैयाँका विद्युतीय सामग्री, ७५ अर्ब ९५ करोड रुपैयाँका गाडी, ५२ अर्ब रुपैयाँको औषधि र कच्चा पदार्थ, १२ अर्ब ७४ करोड रुपैयाँको बिउविजन लगायतका वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।