
काठमाडौ । जगदम्बा स्टिल्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात गर्ने भएको छ । नेपालमा जस्तै जगदम्बाका उत्पादनको लोकप्रियता तथा माग विदेशमा पनि बढेसँगै कम्पनीले निर्यात सुरू गरेको हो ।
कम्पनीका अनुसार जगदम्बा स्टिल्सका उत्पादनहरू, जगदम्बा सुपर साइन र ग्याल्भा प्लस रोमानिया, युएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको छ । जगदम्बा स्टिल्सले केही समय अगाडि मात्रै ’सिआर सिट एन्ड कोइल्स’हरू दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरू तथा दक्षिण अफ्रिकामा निर्यात सुरू गरेको थियो ।
उपभोक्ता सन्तुष्टिका लागि उत्कृष्ट गुणस्तरको निरन्तर्ता हाम्रो प्रतिबद्धता तथा प्रथम प्राथमिकता भएको पनि जगदम्वा स्टिल्सले बताएको छ ।