२०८१ मंसिर २१ शुक्रबार

काठमाण्डौं । बैंकहरुमा तरलता संकट बढेर ग्राहकहरुलाई कर्जा दिन ठप्प भएपछि बैंक सञ्चालकहरुको संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले एसियाली विकास बैंक (एडिबी) सँग एक खर्ब सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गरेको छ ।

एसियाली विकास बैंकको छोटो भ्रमणमा नेपाल आएका मनिलाका शीर्ष प्रतिनिधिमण्डलसँगको भेटमा सीबीफीनका अध्यक्ष पवन कुमार गोल्यानले नेपाललाई एक अर्ब डलरभन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गरेका हुन् ।

आर्थिक संकटको बेलामा एडीबीले ऋण दिए तरलताको समस्या पनि समाधान हुने र बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रलाई लक्ष्यअनुरूप ऋण पनि दिन सक्ने उनले बताए । त्यस्तै, यस कठिन समयमा देशका वाणिज्य बैंकहरूले उपभोग गर्न सक्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट व्यावसायिक ऋण ल्याउन एडीबीको सहजीकरण आवश्यक रहेको अध्यक्ष गोल्यानको भनाई छ ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको नेतृत्व र एसियाली विकास बैंकको छोटो भ्रमणमा नेपाल आएका मनिलाका शीर्ष प्रतिनिधिमण्डलले वित्तीय क्षेत्रको सुदृढीकरण, स्थानीय तथा उत्पादनशील उद्योगलाई ऋणमा सहज पहुँच र अन्य रसद पूर्वाधारको माध्यमबाट स्वदेशी अर्थतन्त्रको प्रवद्र्धनका लागि सीबीफीनसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

सीबीफीनले आयोजना गरेको विशेष बैठकमा दक्षिण एसिया मामिला हेरिरहेका एडीबी मनिलाका उपमहानिर्देशक मनमोहन परकाशले नबिन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा केन्द्रित भएर क्रेडिट, विश्वव्यापी बजार अवसरहर, अन्वेषण र नयाँ प्रविधि उपलब्ध गराई देशको आफ्नै स्रोत साधनले अर्थतन्त्रलाई दिगो बनाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी नेपाललाई अबको दिनमा इन्फ्रास्टक्चर फाइनाइनसिङ मेकानिजम, लघु उद्यमशीलता विकास परियोजना र साना तथा लघु वित्त पोषण आवश्यक भएको बताए ।

‘साना तथा मझौला ब्यवसयीहरुलाई बिनाधितो कर्जा उपलब्ध गराउनु पर्छ अनि मात्र उनीहरु दिगो रुपमा आफ्नो ब्यवसाय सञ्चालन गर्न सक्छन, एमएसएमईहरुबाट ठूलो रोजगारी सृजना हुने हुनाले यी उद्योगहरूलाई वित्तीय पहुच, बजार र पूर्वाधारसंगै सीपको सहित सहयोग गरिनुपर्छ, ’ उनले भने ।

परकाशले कुनै प्रक्रियागत बाधा बिना उचित ब्याज दरमा जोड दिए ताकि एमएसएमईहरुलाई प्रभावकारी रूपमा सञ्चालन गर्न धितो(रहित ऋण दियो भने मात्र उनीहरु बाच्न सक्छन् । महिला नै समाजका वास्तविक परिवर्तनका संवाहक हुन्, भन्दै उनले महिलालाई सीप र सहज वित्तीय पहुँचको माध्यमबाट ब्यबसाय प्रबर्धन गरी दिगो बनाउन सके अर्थतन्त्रलाई ठूलो सहयोग पुग्ने सुझाव दिए ।

बैठकमा सीबीफीनका अध्यक्ष पवन कुमार गोल्यानले आजको आर्थिक संकटको बेलामा एडीबीले नेपाललाई एक अर्ब डलरभन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गरे । जसले तरलताको समस्या पनि समाधान हुने र बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रलाई लक्ष्यअनुरूप ऋण पनि दिन सक्ने छन् र व्यावसायिक क्षेत्रका उद्यमीहरू ले कोभिडले थला परेका उद्योग पूर्ण क्षमतामा सञ्चालन भए आर्थिक क्रियाकलाप चलायमान हुने निश्चित जस्तै रहेको बताए ।

त्यस्तै, यस कठिन समयमा देशका वाणिज्य बैंकहरूले उपभोग गर्न सक्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट व्यावसायिक ऋण ल्याउन एडीबीको सहजीकरण आवश्यक रहेको अध्यक्ष गोल्यानको भनाई छ ।

‘हाल नेपालको आयात ४२ प्रतिशतभन्दा बढीले बढेको छ, रेमिट्यान्स निकै न्यून छ र बीओपी पनि २ खर्ब ४७ अरब ३ करोडले घाटामा छ । यस्तो कठिन समयमा, वित्तीय क्षेत्रलाई सुदृढ गर्न, निर्यात क्षमता बोकेका स्वदेशी उद्योगहरूलाई प्रबर्धन गर्न, प्रत्यक्ष च्यानलहरू मार्फतएसएमइज लाई ऋणमा राम्रो पहुँच बनाउन एडीबीको आर्थिक सहयोग धेरै आवश्यक भएको छ, जसले दिगो अर्थतन्त्रका लागि उत्पादकरकृषकको क्षमता बलियो बनाउन मद्दत गर्छ, ’ श्री गोल्यानले भने ।

सीबीफीनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले लगानीकर्तामैत्री वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता माथि जोड दिए । जसका लागि सीबीफीन ले नीति संवाद, नीति निर्माण साथै कार्यान्वयनमा एडीबीसँग मिलेर काम गर्न तयार छ । विभिन्न बाधा–अड्चन पार गर्दै अगाडि बढ्नुपर्ने र उत्पादनशील क्षेत्रमा लगानी प्रवद्र्धन गर्नुपर्ने तर्फ इंकित गर्दै उनले राज्यको सहजीकरण आवश्यक भएको बताए।

साना तथा मध्यम उद्यम जस्ता उत्पादनमुलक उद्योग ब्यबसाय प्रबर्धनका साथै आयात प्रतिस्थापन गर्ने कार्यमा नेपाल राष्ट्र बैंकले तोकेको प्राथमिकता प्राप्त छेत्रमा तोकेको सीमा भन्दा बढी कर्जा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुले तिर्ने करमा १० प्रतिशत छुट दियो भने दिगो अर्थतन्त्र निर्माणमा सहयोग पुग्छ।

कुमारी बैंक लिमिटेडका अध्यक्ष अमिर राणाले स्वदेशी उत्पादन लाई प्रबर्धन गर्न सकिए गर्दा नेपालमै रोजगार, आयातमा कटौती भई सरकारलाई ठूलो राजश्व पनि उठाउन सकिने बताए । यसे भए तरलताको समस्या केहि हदसम्म समाधान हुन्छ भन्ने उनके भनाइ छ ।

नेपाल हर्बल संघ, राष्ट्रिय एलो उद्यमी संघ, नेपाल निर्यातकर्ता महासंघ लगायतका व्यवसायीहरुले स्वदेशी निकासी हुने एलो, रेशम, जडिबुटी, कपडा तथा अन्य स्थानीय हस्तकलाका उच्च गुणस्तर उत्पादनहरुको प्रबर्धन गर्ने पर्नेकुरा उठाएका थिए । तर, वित्तीय, बजार, पूर्वाधार लगायतका अभावका कारण यस्ता उत्पादनले उत्पादन बढाउन सकेका छैनन् ।

अठार हजारभन्दा बढी सदस्यको प्रतिनिधित्व गर्नु भएकी नेपाल उद्यमी महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले नेपाली महिलाले गुणस्तरीय वस्तु उत्पादन गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा उत्पादन विस्तार गर्न बैंक तथा वित्तीय संस्थासँग आर्थिक सहयोगको अपिल गरिन् ।

त्यसैगरी नेपाल राष्ट्रिय अल्लो उद्यमी संघ का उपाध्यक्ष गणेश एईडीले यातायात र वित्तिय ठूलो समस्या रहेको बताए । एडीबी मनिलाका निर्देशक थियाम हि इंगले स्वदेशी उद्योगको सम्भावना र आत्मनिर्भर अर्थतन्त्रका लागि यस क्षेत्रको दिगो रणनीतिका बारेमा धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय