काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २५ औँ वार्षिक साधारणसभा संस्थाका संचालक समिति अध्यक्ष खिमलाल पौडेलको सभापतित्वमा शुक्रबार सम्पन्न भएको छ ।
साधारणसभाले आ.व.२०७७ र २०७८ को संचालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ । साथै आ.व.२०७८ र २०७९ का लागि लेखा परीक्षकको नियूक्ती को प्रस्ताव समेत पारित गरेको छ ।
सभामा शेयरधनीहरुले राखेको प्रश्न एवं जिज्ञासाहरुको जवाफ संस्थाका अध्यक्ष खिमलाल पौडेलले दिएका थिए । संस्थाको भावी योजना सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले प्रकाश पारेका थिए ।
कार्यक्रममा संस्थाका मुख्य लगानी कर्ता, एनआरएनका सचिव राजेन्द्र कुमार शर्मा, एशिया प्याशिफिक क्षेत्रका संयोजक रोविन्द प्रसाद श्रेष्ठ(गोविन्द)ले बोलेका थिए । कार्यक्रम संस्थाका कम्पनी सचिव राज सून्दर श्रेष्ठले संचालन गरेका थिए ।
आर्थिक तथा पर्यटकीय नगरी चितवनको नारायणगढ, सहिद चोकमा १५ औं शाखा विस्तार गरेको यस फाइनान्सले निकट भविष्यमा बाग्लुङको गलकोट, प्रदेश नं. २ को विरगंज तथा प्रदेश नं. १ को इटहरी सहित अन्य जिल्लाहरुमा शाखा कार्यालय खोल्ने योजना रहेकोे बताइएको छ ।
बेष्ट फाईनान्स कम्पनी लिमिटेडले पछिल्लो वर्षमा उल्लेख्य वित्तीय विवरण सुधार गर्दै आफ्नो ग्राहकवर्गलाई उच्चतम प्रविधिका साथ सेवा उपलब्ध गराउँदै आएको छ ।