२०८१ पुष २९ सोमबार

पाेखरा । पोखरा फाइनान्स लिमिटेडले आफ्नो २५ औँ वार्षिकोत्सव मनाएको छ। पोखरास्थित न्युरोडमा प्रधान कार्यालय रहेको संस्थाले २०५३ सालदेखि आफ्नो बैंकिङ कारोबार सुरु गरेको हो। नेपालभर सञ्चालित वित्तीय संस्थाहरुमध्ये पोखरा फाइनान्स राष्ट्रियस्तरको एक स्थापित पुरानो वित्तीय संस्थामा पर्दछ।

स्थापनाकालको २५ औँ वर्षसम्म आइपुग्दा संस्थाले ठुलो संख्यामा ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधासहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कामहरुमा सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिँदै अगाडि बढिरहेको छ।

संस्थाको हाल अधिकृत पुँजी रु. १५० करोड रहेको छ भने चुक्ता पुँजी १.०४ अर्ब रहेको छ। देशका विभिन्न ठाउँहरुमा शाखा सञ्जाल रहेको संस्थाको हालसम्म २४ वटा शाखा संख्या, १ वटा एक्सटेन्सन काउन्टर र ४ वटा एटीएम सञ्चालनमा छन्।

वार्षिकोत्सवका अवसरमा संस्थाले प्रधान कार्यलयको प्राँगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाको २५ औँ वर्षसम्मको निरन्तर यात्रामा सद्भाव र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहर्क, सेयरधनी, शुभेच्छुक, कर्मचारी तथा नियामक निकायहरुप्रति संस्थाले धन्यवाद व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर