२०८१ पुष २९ सोमबार

काठमाडौं । साङयोङ मोटर्सले साङयोङ मुस्सो ग्रान्ड (एसयुटी) को प्रि-बुकिङ खुला गरेको छ । नेपालस्थित साङयोङ मोटर्सको आधिकारिक बिक्रेता आइएमएस मोटर्सले प्रि-बुकिङ खुला गरेको हो ।

बुकिङमा कम्पनीले एक लाख ५० हजार रुपैयाँसम्मका सामग्री निःशुल्क उपलब्ध गराउने, एक लाखसम्म नगद छुट, प्रारम्भिक बुकिङ गर्दा एक लाख रुपैयाँसम्म छुट र ८५ हजार रुपैयाँको बिमालगायत गरी चार लाख ३५ हजार रुपैयाँसम्मको लाभ प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

विलासी मुस्सो ग्रान्ड एटिक रेस्टुरेन्ट ज्ञानेश्वरमा प्रदर्शन गरिने भएकाले इच्छुक ग्राहकले टेस्ट ड्राइभको पनि सुविधा पाउने बताइएको छ । प्रि-बुकिङ अफर अप्रिलसम्म रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर