२०८१ मंसिर २३ आईतवार

काठमाडौं । सोपान फर्मास्युटिकल्सले छ प्रकारका औषधि उत्पादन सार्वजनिक गरेको छ । सोपानले माइजिथ, मन्ट्रिन, एलर्ज, सिप्राइट, अनमिट र एनियुर सार्वजनिक गरेको हो ।

माइजिथ ब्याक्टेरियल इन्फेक्सन र मन्ट्रिन दम र एलर्जीका लागि हो । एलर्जले एलर्जी, सिप्राइटले एलर्जी र भोक, अनमिटले बान्ता र एनियुरले भिटामिन बी १ को कमीमा काम गर्ने बताइएको छ ।

विगत १३ वर्षदेखि विभिन्न क्षेत्रमा लगानी गर्दै आएको सोपान मल्टिपल कम्पनीले सोपान फर्मास्युटिकल्समार्फत् एक अर्ब २७ करोड औषधिको उत्पादन क्षेत्रमा लगानी गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान् कोइराला, कम्पनीका अध्यक्ष इन्जिनियर रामेश्वर रिजाललगायतले एक कार्यक्रमबीच औषधि सार्वजनिक गर्नुभएको थियो । डा. कोइरालाले कम्पनीलाई गुणस्तरीय उत्पादन गरी चिकित्सक र बिरामीको मन जित्न सुझाव दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय