२०८१ माघ २ बुधबार

काठमाडौं । घरजग्गा कारोबार गर्न तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको घरजग्गा व्यवसायीहरुले बताउनु भएको छ । घरजग्गा व्यवसायीहरुले घरजग्गाको पल्टिङ भन्दा केही घरजग्गाको विषयमा ज्ञान नभएकाले पनि व्यवसाय सुरु गरेकाले नीतिगत रुपमा समेत समस्या आएको बताएका छन् ।

घरजग्गा कारोबारमा नीतिगत अस्पष्टताका कारण व्यवसायीलाई नीतिगत रुपमा चलाउन नसक्नु सरकारको कमजोरी भएको बताएका छन । व्यवसायीहरुले सरकारको नीतिगत कमजोरीको कारण घरजग्गाको कुनै जानकारी नभएकाको हातमा पुगेको व्यवसायीहरुको आरोप छ ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्लेले घरजग्गा कारोबारको लागि तीनै तहका सरकारसँग स्पष्ट नीतिगत व्यवस्था नभएको बताउनु भएको छ । घरजग्गा कारोबारको लागि तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको बताउनु भएको हो ।

उहाँले सरकारसँग स्पष्ट नीति नभएको कारण घरजग्गाको कारोबार योजना अनुसार हुन नसकेको बताउनु भयो । सरकारले पुरानै शैलीमा काम गरेकाले घरजग्गाको मूल्य उच्च भएको अध्यक्ष वाग्लले बताउनु भयो ।

उहाँले नीजि क्षेत्रलाई योजना बनाउन दिएर काम गर्न दिए घरजग्गाको मूल्यवृद्धि २० प्रतिशत भन्दा नजाने दावी गर्नु भयो । घरजग्गा कारोबार कुनै जानकारी नभएकाले पनि गर्न थालेकाले अव्यवस्थित रुपमा हुने पल्टिङ रोक्नको लागि सरकारले एकद्वार प्रणालीमा ल्याएर नियमनकारी निकाय खडा गर्नु पर्ने उहाँको भनाई छ ।

अध्यक्ष वाग्लेले पछिल्लो समय घरजग्गा कारोबार नियमन गर्ने निकायले इर्षा गरेर घरजग्गा कारोबार विस्तापित गर्न खोजेको आरोप लगाउनु भयो । उहाँले नाफा धेरै कमाएको देखेर सरकारको नियमनकारी निकायको नै आँखा लाग्न थालेको बताउनु भयो ।

अध्यक्ष वाग्लेले घरजग्गा कारोबारमा लगानी पनि ठूलो लाग्ने भएकाले आम्दानी पनि बढी हुने गरेको स्वीकार गर्नु भयो । उहाँले घरजग्गा व्यवसायीले प्राडो गाडी चढेर हिड्ने हामी सरकार सन्चालन गर्ने,मुलुकको राष्ट्र चलाउने केही छैन भनेर इर्षा भएकाले कारोबारमा कडाइ गरिएको दाबी गर्नु भयो । सरकारले घरजग्गा कारोबारलाई विस्तापित गर्ने दृष्टिकोणले हेरेको उल्लेख गर्नु भयो ।

त्यस्तै वाग्लेले घरजग्गामा बैंकहरुको धेरै लगानी रहेकाले कारोबारमा कडाई गर्दा व्यवसायी मात्रै नभएर बैंकहरु पनि ढुब्ने बताउनु भयो । उहाँले बैंकहरु आफैले ८ प्रतिशतमा झरेको ब्याजदर बढाएर १० प्रतिशत भन्दा माथि पु¥याउदा व्यवसायीलाई समस्या भएको उल्लेख गर्नु भयो ।

बैंकहरु पछिल्लो समय नाफा कमाउन मात्रै काम गर्न लागेको आरोप अध्यक्ष वाग्लले लगाउनु भयो । उहाँले बैंकहरुले वार्षिक रुपमा ५ अर्ब नाफा गरेर व्यवसायी मार्ने काम गरेको पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय