२०८२ बैशाख ५ शुक्रबार

काठमाडौं । बैंकिङ प्रणालीमा भएको तरलता अभावले सेयर बजारका सूचकलाई झन् तल झारेको छ। एमसीसी पास भएपछि बजार बढ्छ भन्ने अनुमान थियो। त्यो अनुमान फेल खाएको छ। लगानीकर्ताहरु पनि बजार अब बढ्ने भनेर विश्लेषण गरिरहेका छन्। तैपनि बजारले सबै आशावादी कुराहरुलाई बेवास्ता गर्दै ओरालो यात्रा तय गरेको छ।

बुधबार बजार करिव ६४ अंकले झरेको छ। सूचक २५४६ अंकमा आइपुगेको छ। दिनभरीमा ३ अर्ब ६२ करोड रुपैयाँको सेयर कारोबार भएको छ। बजारलाई सबैभन्दा ठूलो असर बैंकिङ तरलताले नै गरेको छ।

अहिले अन्तर बैंक सापटी नै सात प्रतिशत हाराहारी पुगेको छ। बढेको ब्याजमा ऋण माग्न जाँदा पनि बैंकले दिएका छैनन्। राष्ट्र बैंकको ४/१२ करोडको नीति लागू भएपछि माघ र फागुनमा सबैभन्दा बढि ऋण भुक्तानी गर्नु परेको छ। यो दबाबमा ठूला लगानीकर्ता रहेका छन्।

तैपनि बजारमा चार कम्पनीको सेयर मूल्य बढेको छ भने दुई संस्थको ऋणपत्रको भाउ पनि उक्लिएको छ। बाँकी सबैको मूल्य ओरालो लागेको छ। हिमालयन जनरल इन्स्योरेन्सको सर्वाधिक ८ प्रतिशतले मूल्य घटेको छ।

सबै उपसूचकहरु रातो भएका छन्। बाणिज्य बैंक समूह २७ अंकले ओर्लिएको छ। बीमा सुचक सर्वाधिक घटेका छन्। खासगरी जीवन बीमा ४५३ अंकले घटेको छ। निर्जीवन सूचक ३२३ अंकले ओरालो लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय