
आइएमईले बैंक डिपोजिटलाई लक्षित गरि होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ । सेवाग्राहीमुखी उक्त अफर फागुन १७ देखि चैत्र १७ देखि एक महिनासम्म कायम रहुनेछ ।
होस्टेमा हैंसे भन्ने मुल नाराका साथ तयार पारिएको उक्त अफर काठमाडौँ पानीपोखरीस्थित आइएमई कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका वीच सार्वजनिक गरिएको हो ।अफर अन्तर्गत नेपाल भरी जुनसुकै बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आइएमई पे वालेट खातामा सिधै रकम पठाउन सकिन्छ । अफर अवधिमा हरेक दिन पाँच जनालाई रू. १,०००, हरेक हप्ता दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई रू. २५, ००० तथा बम्परमा एकजना भाग्यशाली सेवाग्राहीलाई रू. १,५०,००० रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।
अफर सार्वजनिक कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले होस्टेमा हैंसे अफर आम सेवाग्राहीहरूले आइएमईप्रति दर्शाउँदै आउनुभएको निरन्तर विश्वासको परिणाम भएको उल्लेख गर्दै यस्ता अफरहरूले आमसेवाग्राहीहरू र कम्पनीवीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्तहरू अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित लक्की ड्र’ मार्फत गरिनेछ । विदेशबाट नेपाल र नेपालभित्र बैंक डिपोजिट गर्ने सबै आइएमई ग्राहकहरू यस अफरमा सहभागी हुन योग्य हुनेछन् । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् । सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ । योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित रहनेछ । योजनाको अध्यावधिक जानकारी कम्पनीले संचालन गरेको आधिकारिक वेभ पेज, सामाजिक संजाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यवसायिक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रिय कार्याल मार्फत सार्वजनिक गरिनेछ ।
आनो स्थापना देखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय ३१ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव ३५ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।