काठमाडौं । सुजल फुड्स प्रालिले फ्रेसो व्रेथ भन्ने नाराका साथ फ्रेसो क्यान्डीको विज्ञापन सुरु गरेको छ । विज्ञापन अभियानमा फ्रेसो क्यान्डी भनेकै ताजा श्वास भनेर प्रचार गरिएको छ ।
कम्पनीका अनुसार फ्रेसो व्रेथले किशोर र युवावर्गबीचको रमाइलो र स्फूर्तिदायी क्षण चित्रण गर्छ । किशोर र युवावर्ग स्वभावले सामान्यतया चञ्चले र रमाइलो स्वभावका हुन्छन् ।
किशोर र युवालाई लक्षित गर्दै यस्ता सन्देश विभिन्न मिडियामा प्रसारण तथा सञ्चारका माध्यम जस्तैः डिजिटल बोर्ड, सामाजिक साइट, चलचित्र थिएटर र अन्य प्रकाशन प्लेटफर्ममार्फत् देशभर विज्ञापन गरिएको कम्पनीले जनाएको छ ।
फ्रेसो क्यान्डी नेपाली मिन्ट क्यान्डी उद्योगमा एक प्रभावशाली हिस्सा भएको कम्पनीको दाबी छ । जुन मेन्थालिप्टस फ्लेवर क्यान्डी हो । फ्रेसो सुजल फुड्स प्रालिको लोकप्रिय उत्पादनमध्ये एक हो ।
आइएसओ २२०००ः२०१८ प्रमाणित कम्पनी लक्ष्मी समूहको सहायक कम्पनी हो । कम्पनीले चोकोफन, रसिलो, क्रेभलगायत पनि उत्पादन गर्दै आएको छ ।